पोखराका ४ सय ८६ मेकानिक्सलाई टि.टि खोप
पाेखरा | जेठ २९, २०८०
पोखरा: गण्डकी अटो मेकानिकल वक्स एशोसिएसनले मेकानिक्सहरुलाई निशुल्क टि.टि खोप सहित स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । एशोसिएसनले पश्चिमाञ्चल सामूदायिक अस्पतालको सहकार्यमा मेकानिक्सहरु धेरै रहेको स्थान, पृथ्वीचोक बसपार्क, औधोगिक क्षेत्र,बाग्लुङ्ग बसपार्क र याम्दीमा घुम्ती शिविर मार्फत ४८६ जनालाई खोप लगाइएको अध्यक्ष सन्तोष कुमार मिश्रले बताए ।
प्राणघातक रोगको रुपमा धनुष्टङ्गकारलाई लिने गरिएको धातुका कारण शरीरको कुनै पनि भागमा रगत आउने गरी काटेमा सो बाट शरीरभरि फैलन गई शरीर बाङ्गीने लामो समय उपचार गराउँदा धेरै खर्च हुने हुदाँ टिटानसको खोप प्रभावकारी रहेको डा. युक्त नारायण रेग्मीले बताए । ३ डोज लगाएपछि १० वर्ष खोप लगाउन नपर्ने हुदाँ खोप सेवा प्रभावकारी रहेको डाक्टर रेग्मीले बताए ।
कार्यक्रमको शुभारम्भ गर्दै पश्चिमाञ्चल सामुदायिक अस्पतालका अध्यक्ष हरि पाण्डेले खोप सेवा सङ्गै मेकानिक्सका लागी सहुलियत सेवा अस्पतालले प्रदान गर्ने बताए । एशोसिएसनका अध्यक्ष सन्तोष मिश्रको सभापतित्वमा भएको कार्यक्रममा प्रेस सल्लाहाकार कृष्ण थापा, रेडियो सराङ्गकोटका निर्देशक राममनि पौडेल, सामुदायिक अस्पतालका उपाध्यक्ष अर्जुन ज्ञवाली, संस्थाका पूर्व अध्यक्ष सानुमान जलारी, सल्लाहाकार छम बहादुर खत्री, उपाध्यक्ष कृष्ण खाँड, महासचिव विष्णु अधिकारी, कार्यक्रम संयोजक लिल बहादुर सुनारले खोप सेवाले मेकानिक्सको स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ । पर्यटक...
पोखरा । उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

